काठमाण्डू, २७ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आफ्नो प्राणमै राजनीति रहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सांसद जबराले यस्तो बताएका हुन ।
उनले आफ्नो वंश परम्परा पनि राजनीतिमा नै रहेको बताउँदै उनले आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको पनि बताए । उनले भने, ‘मैले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएँ । नेपाली जनताको सुखदुस्ख बुझ्ने कोशिस गरेँ । मेरो जीवनको सबैभन्दा बढी उर्जाशील समय राजनीति नै हो ।
राजनीतिमा मैले कठिन परिस्थितिमा समेत मुलुकको लागि महत्त्वपूर्ण योगदान दिने मौका पाएँ ।’ उनले आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुस्ख बुझ्ने कोशिस गरेको बताउँदै उनले आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको पनि बताए । उनले भने, ‘राजनीति मेरो प्राणमा नै छ ।
वंश परम्परा पनि त्यही हो । निश्चय म पनि दरबारिया सुख सयलमा हुर्किएको व्यक्तिलाई त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन थियो ।’ सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको पनि बताए ।
उनले आफू शिक्षामन्त्री हुँदा (वि.सं.२०३५ सालमा) काठमाण्डू उपत्यकाको प्राचिन मन्दिर एवं पुरातात्विक ठाउँहरूको संरक्षणका लागि युनेस्केको विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन मूल भूमिका निर्वाह गर्ने मौका पाएको पनि बताए ।