
काठमाण्डू, २७ असार– काठमाण्डूको चन्द्रागिरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
चन्द्रागिर नगरपालिका९१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ढकालको मृत्यु भएको हो । शुक्रबार बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । साथै दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।