सेयर धितो कर्जाको सीमा बढ्यो

काठमाण्डु टुडे २०८२ असार २७ गते १३:४० मा प्रकाशित

काठमाण्डू, २७ असार– नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाएको छ । आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र वैंकका गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे ।

यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको छ । धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us