आलोचना र विरोधले देश आक्रान्त छः ओली

काठमाण्डु टुडे २०८२ असार २७ गते १२:५० मा प्रकाशित

काठमाण्डू, २७ असार– प्रधानमन्त्री केपी ओलीले मुलुक आलोचना र विरोधको शैलीबाट आक्रान्त भएको बताएका छन् ।

विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन ओलीले आलोचनात्मक चेतबाट देश आक्रान्त भएको बताएका हुन् ।

मुलुक निर्माणका लागि आलोचनात्मक नभई विश्वलेषणात्मक चेत जरुरी रहेको उनको भनाइ थियो । ‘जे कुरामा पनि आलोचना र विरोधले देश आक्रान्त भएको छ’, ओलीले भने, ‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना, जेमा पनि आलोचना, जेमा पनि आलोचना होइन र रचनात्मक सुझाव आवश्यक छ । रचनात्मक टिप्पणी जरुरी छ ।’

रचतान्मक सुझावले मात्र कमजोरी सुधारेर अघि जान सकिने तर, आलोचनात्मक चेतले कमजोरी सुधार नहुने तर्क ओलीको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us