सर्वोच्चले माग्यो महिमानसिंह विष्टको रिट दर्ता नगर्ने आदेशको फाइल

काठमाण्डु टुडे २०८२ असार २५ गते १८:१० मा प्रकाशित

काठमाण्डू, २५ असार– सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले पेश गरेको रिट निवेदन दर्ता नगर्ने निर्णयको फाइल झिकाउने आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले विष्टको रिट निवेदन दरपीठ (अस्वीकार) गर्दाको फाइल (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

अदालतमा मुद्दा विचाराधीन भएको बेला सर्वोच्च अदालतको शाखा अधिकृत विष्टले पठाएको फर्जी कागजातका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका थिए ।

फर्जी कागजात तयार पारेको आरोपमा उनी विरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा चलिरहेको छ । त्यसका साथै सर्वोच्च अदालत प्रशासनले उनलाई निलम्बित समेत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us