आज राति भोटेकोशी र सुनकोशीमा बढी वर्षाको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाण्डु टुडे २०८२ असार २४ गते १९:३० मा प्रकाशित

काठमाण्डू, २४ असार– आज (मंगलबार) राति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बढी वर्षको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन अपिल गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us