
काठमाण्डू, २४ असार– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशनबारे केही पनि निर्णय नभएको बताएका छन । उनले पार्टीको केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन ।
उनले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे कुनै पनि निर्णय भएको छैन ।’ सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउनेबारे सञ्चारकर्मीको जिज्ञासामा महतले भने, ‘मन्त्रीहरु फिर्ता बोलाउने सम्बन्धमा बैठकमा केही पनि छलफल भएकै छनै ।’