रसुवाको बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो

काठमाण्डु टुडे २०८२ असार २४ गते १६:४० मा प्रकाशित

काठमाण्डू, २४ असार– सोमबार राति नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रहरी कार्यलय रसुवाले जानकारी दिएको छ ।

बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः ५० को अपडेटअनुसार गोरखाको पालुङटार– ६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएका छन् ।

हालसम्म ५१ पुरुष र ४ महिला गरी ५५ जनाको उद्धार भइसकेको छ । प्रहरी, सेना र सशस्त्रको संयुक्त उद्धार टोली त्यहाँ सक्रिय छ । बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us