
काठमाण्डू, २४ असार– आज राति आकस्मात आएको बाढीले रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुमा रहेको बेलिब्रिज बगाएको छ । नेपाली सेनाको पोस्ट अगाडि रहेको बेत्रावती–स्यफ्रुवेशी नयाँ सडक खण्डमा पर्ने त्रिशूलीको बेलिब्रिज मंगलबारको बाढीले बगाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
सो ठाउँमा नवनिर्मित पक्की पुलमा लेदो जम्मा भएको हुनाले यातायात आवागमनमा समस्या भएको छ । त्यस्तै त्रिशूली थ्रि–ए आयोजनाको ड्याममा पनि क्षति पुगेका सशस्त्र प्रहरी बलले जनाएको छ ।