
काठमाण्डू, २४ असार– नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।
आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचिया हाबी भएको बताउँदै प्रमाण आफूसँग रहेको दाबी गरिन् । उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत बताइन् ।
मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो ।