
काठमाण्डू, २४ असार– प्रहरीले काठमाण्डूको बौद्धको नयाँबस्तीबाट एक करोड ४४ लाख रुपैयाँ रकमसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले नयाँबस्तीबाट स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्वयम्भू भाडामा बस्दै आएका थिए ।
उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको छ ।