
काठमाण्डू, २४ असार– चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले बढी हो । चालु (आ.व) १० औं महिना अर्थात् वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । तर, जेठमा भित्रिएको रेमिट्यान्स बढेर १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
चालु (आ.व‘ ०८१–८२) १० महिना (साउन–जेठ) सम्ममा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । गत आव सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । २०८२ जेठको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो ।
चालु आव ११ महिना अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । चालु आव ११ महिनामा खुद द्वितीय आय १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड थियो ।
चालु आव जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनस् श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमशस् ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० थियो ।