रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

काठमाण्डु टुडे २०८२ असार २४ गते १३:५५ मा प्रकाशित

काठमाण्डू, २४ असार– आज (मंगलबार) बिहान चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२ः ५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् ।

उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us