पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

काठमाण्डु टुडे २०८२ असार २४ गते ११:०४ मा प्रकाशित

जनकपुर, २४ असार- जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ ।
नुहाउने क्रममा मंगलबार बिहान उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए ।

दुवै लाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us