
काठमाण्डू, २४ असार– त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका दुई जनाको शव फेला परेको छ ।
धादिङको गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको हो ।
धादिङ प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले शवको पहिचान खुल्न बाँकी रहेको बताए ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवामा १८ जना हराइरहेका छन् ।