भोटेकोशी बाढीः राहत र उद्धारमा सक्रिय हुन काँग्रेसको सरकारसँग माग

काठमाण्डु टुडे २०८२ असार २४ गते १०:३३ मा प्रकाशित

काठमाण्डू, २४ असार– काँग्रेसले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सक्रिय हुन सरकारको ध्यानकर्षण गराएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारसँग तत्काल उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिन भनेको हो । विज्ञप्तिमा बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ ।

घटनाले सम्पूर्ण राष्ट्रलाई नै स्तब्ध बनाएको उनले बताए । बाढीका कारण ३ प्रहरीसहित ९ नेपाली र ८ चिनियाँ गरी १८ जना बेपत्ता छन् । नेपाल–चीन नाकामा र
हेको मितेरी पुल र रसुवा भन्सार कार्यालय क्षेत्रमा रहेका कन्टेनर र सवारीसाधन बगाएको छ । कांग्रेसले उद्धार कार्यमा तत्काल गति लिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
हरेक वर्षको वर्षायाममा दोहोरिरहने प्राकृतिक विपत्तिबाट जनजीवन त्रसित बन्ने अवस्था रहेको भन्दै कांग्रेसले यसपटक पनि राज्यको संयोजन र सक्रियतामा कमजोरी नआओस् भन्ने चेतावनी दिएको छ ।

अघिल्लो वर्षको असोज १२ मा आएको प्राकृतिक प्रकोपको स्मरण गर्दै, यसपटक पूर्वतयारी र आपत् व्यवस्थापनमा तीनै तहका सरकारहरू एकजुट भएर लाग्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

यस्तै आम नागरिकलाई समेत जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन कांग्रेसले सार्वजनिक अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us