
रसुवा, २४ असार– नेपाललाई चीनसँग जोड्ने रसुवागढीस्थित मितेरी पुल बाढीले बगाएको छ ।
भारी वर्षासँग भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको हो । बाढीले पुल बगाएसँगै चीनसँगको अन्तर्राष्ट्रिय व्पापारिक मार्ग बन्द भएको छ ।
बाढीले रसुवा भन्सार यार्डमा राखिएका सवारी साधन पनि बगाएको छ । यस्तै बाडीले उक्त क्षेत्रमा सडक र सुख्खा बन्दरगाह पनि बगाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पुगेको बताए । उनले रातिको समयमा घटना भएकाले मानवीय क्षति भएको समेत अनुमान गरिएको उल्लेख गरे ।
केही मानिसलाई गाडीसँग बाढीले बगाइको आशंका रहेको उनको भनाइ छ ।
काठमाण्डूमा उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर तयारी अवस्थामा भए पनि खराब मौसमका कारण अवतरण हुन सक्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिए ।