वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्य नियुक्त

काठमाण्डु टुडे २०८२ असार २३ गते १८:११ मा प्रकाशित

काठमाण्डू, २३ असार– वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त भएका छन । आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

नेपालको संविधानको धारा १५३ को उपधारा ९१० को खण्ड (घ) बमोजिम भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेको प्रवक्ता भट्टराईले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us