
काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् । आज (सोमबार) नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै उनले हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान् शिव पनि चाम्लिङ हुनसक्ने अनुमान गरे । तर, उक्त विषय आफूले दाबी भने नगरेको ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने, ‘शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ हामी ।
शिवजी चाम्लिङ थिए की क्या हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो, ‘शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन ।
तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । पछि माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’ प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् ।