
काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीबिच भेटवार्ता भएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको नाउपाका संरक्षक चौधरी र प्रधानमन्त्री ओलीबिच आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
सोमबार दिउँसो बालुवाटारमा भएको भेटवार्तामा संरक्षक चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको बताएका थिए ।
साथै उनले सङ्घीय सरकारलाई आफ्नो पार्टीले दिएको समर्थनबारे समेत विचार गर्ने बताएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । यसअघि सुदूरपश्चिमका मन्त्री हटाएको भन्दै रेशम र अध्यक्ष रञ्जिताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा बस्ने बताएका थिए ।