
काठमाण्डू, २३ असार– आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।
यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरिरहेका छन् । सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गर्न मानेको छैन् ।