डेढ घण्टा पर सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८२ असार २३ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, २३ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसको केन्द्रीय समिति डेढ घण्टा पर सरेको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राख्ने र निर्णय गरी बैठक समापन गर्ने तयारी रहेको एक नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us