
काठमाण्डू, २१ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई महत्वपूर्ण स्थान दिने बताएका छन् ।
केन्द्रीय मुख्यालय कोटेश्वर पेरिसडाँडामा पर्सा–काठमाण्डू सम्पर्क समन्वय समितिद्वारा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले युवाहरुलाई साथमा लिएर अघि बढ्ने योजना सुनाए ।
माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरू र संगीतले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले अब पनि युवाहरूलाई साथमा लिएर अघि बढ्ने उल्लेख गरे ।
भूमिगत रूपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको प्रचण्डले स्मरण गरे ।