खानेपानीमा महानगरको निगरानीः ६३ वटा जार जफत

काठमाण्डु टुडे २०८२ असार २० गते १५:२७ मा प्रकाशित

काठमाण्डू,२० असार– काठमाण्डू महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी ह्वातै बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गर्ने क्रम जारी छ ।

शुक्रबार बिहानै बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागको संयुक्त टोली अनुगमनले गर्दा ६३ वटा पानीको जार जफत गरेको छ ।

काठमाण्डू महानगरभित्र छिर्न लागेका २२ वटा सवारी साधनबाट ६३ वटा जारहरू जफत गरिएको नगर प्रहरीले जानकारी दिएको छ । ‘हामीले महानगरभित्र छिर्ने मुख्य नाकाहरूमा जारको पानी बोक्ने गाडीहरूमा निगरानी बढाएका छौँ ।

कुच्चिएको, अपारदर्शी, टुटफुट भएको र लेबल प्रस्ट नभएको पानीको जार तत्काल जफत गरेर नष्ट गरिरहेका छौँ,’ महानगर प्रहरीले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us