
काठमाण्डू,२० असार– आज (शुक्रबार) देखि सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू बन्द भएका छन । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरीएको उल्लेख गरेको छ ।
यातायात व्यवस्था विभागद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’
विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।