सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्ः मन्त्री पाण्डे

काठमाण्डु टुडे २०८२ असार २० गते १३:१५ मा प्रकाशित

काठमाण्डू,२० असार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन । आज (शुक्रबार) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सांसदहरुलै उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले सांसदहरूले निजी एयरलाइन्सहरुले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न समेत गरे ।

मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको बताए । तर सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको बताए ।

सुशासनको यस पाटोलाई सच्याउन जरुरी रहेको पनि बताए । मन्त्री पाण्डेले कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको बताए । आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us