
चितवन, २० असार– चितवनमा माछा मार्न खोलामा गएका एक युवकको गोहीको आक्रमणमा ज्यान गएको छ ।
रत्ननगर–८ स्थित बुढीराप्ती खोलामा बिहीबार राति करिब ९ बजेतिर माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोही आक्रमणमा ज्यान गएको हो ।
माझी माछा मार्ने क्रममा एकाएक बेपत्ता भएपछि सँगै माछा मार्न गएका राजकुमार माझीले प्रहरीमा खबर गरेका थिए ।
खोजी गर्ने क्रममा राति सवा १ अभिषेकको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।