
काठमाण्डू, १९ असार– दोलखाको विगु गाउँपालिका–१ को गोंगर खोलामा ठुलो बाढी आएको छ । बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिएका छन ।
दोलखाको उत्तरी क्षेत्रमा ठुलो पानी परेपछि ह्वात्तै बाढी आएको तामाङले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म धनजनको क्षति भएको थाहा भएको छैन, तर हामी बुझ्दै छौँ, अहिले म सिंगटीस्थित गाउँपालिकाको कार्यालयमै छु,’ । उक्त गोंगर खोला तामाकोसीमा मिसिन्छ ।