सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार १९ गते १५:१९ मा प्रकाशित

काठमाण्डू, १९ असार– रौतहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरका ३० वर्षीय रोहित साह सोनार रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

स्थानीय सोनारको आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर आज (बिहिबार) बिहान करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली खटिएको थियो ।

पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका रोहितलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैया बारा लगिएको थियो । तर, उपचारकै क्रममा बिहान ८ः ०० बजे उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ । घटना स्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us