सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ असार १९ गते १४:४५ मा प्रकाशित

काठमाण्डू, १९ असार– प्रहरीले सामाजिक सञ्चालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनका गुञ्जन राई रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । चितवनका राईलाई साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाण्डू जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us