एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाण्डु टुडे २०८२ असार १९ गते १३:१० मा प्रकाशित

काठमाण्डू, १९ असार– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी सुरु भएको छ । आज (बिहिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने एक नेताले जानकारी दिए । पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us