
काठमाण्डू, १९ असार– प्रहरीले यूके पठाइदिने भन्दै १ करोड २० लाख ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललिपतुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।यूके पठाइदिने भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ ठगी गरेको आरोप उनीमाथि रहेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डू पठाइएको पनि प्रहरीले जनाएको छ ।