
काठमाण्डू, १९ असार– बारामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकामा रहेको स्टिलको उद्योगको भट्टीमा गएराति विस्फोट भएको हो ।
फलाम पगाल्ने क्रममा भट्टी विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी उद्योगमा कार्यरत मजदुर भारतको बिहारस्थित सीतामढीका ३५ वर्षीय अजय बैठा घाइते भएका छन् । उनको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
अत्यधिक तामक्रमका कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । विस्फोटपछि भएको आगलागी नियन्त्रणमा लिइएको थियो ।
रातिको समयमा कामदार कम भएका कारण ठूलो मानवीय क्षति हुन नपाएको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ ।