सुरक्षाबाहेक सुविधा नलिने विद्या भण्डारीको घोषणा

काठमाण्डु टुडे २०८२ असार १८ गते १९:१९ मा प्रकाशित

काठमाण्डू, १८ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सुरक्षाबाहेक कुनै पनि सेवासुविधा नलिने घोषणा गरेकी छन् ।
उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले बुधबारैदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।
उनले १४ असारमा पति एवं तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा एमाले राजनीतिमा फर्कने औपचारिक घोषणा गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us