
काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन । बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लाएका छन ।
बस्नेतले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका ठुलो भुमिका रहेको बताए । ‘महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,’ बस्नेतले पार्टी बैठकमा भने ।
भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले पार्टी बैठकमा बताए । ‘समय लाग्ला कोही पनि सग्लो देखिने छैनन्,’ बस्नेतले भने । बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको पनि स्पष्ट पारेका छन ।