श्रीमानले गरे आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या

काठमाण्डु टुडे २०८२ असार १८ गते १५:४५ मा प्रकाशित

काठमाण्डू, १८ असार– चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेको जिल्ला प्रहरी कार्यलय रुकुमपश्चिमले जानकारी दिएको छ । घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us