‘कुलिङ पिरियड’ मा भइरहेको चलखेलबारे छानबिन गर्न माओवादीको माग

काठमाण्डु टुडे २०८२ असार १८ गते १५:३१ मा प्रकाशित

काठमाण्डू, १८ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ ।

आज (बुधबार) केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको सापकोटाले आरोप लगाए । ‘यो एकदम रहस्यमय छ । कहिले संसद् अवरुद्ध छ भनेर पर सारियो । कहिले ‘अल अफ सडेन’ कार्यसूचीमा राखियो ।

समितिले सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस, सेना, प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने सपाट सत्य थियो ।

त्यसलाई उल्टाएर जालसाजी ढङ्गले कुलिङ पिरियड नराख्ने चलखेल भएको छ । यो धेरै गम्भीर छ । यसलाई प्रारम्भिक दृष्टिकोणबाट छानबिन गर्नुपर्छ भनेर सरकारसँग अपिल गछौँ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us