श्रीमती बचाउन गएका श्रीमानको करेन्ट लागेर मृत्यु

काठमाण्डु टुडे २०८२ असार १८ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, १८ असार– बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन गएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसी रहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी दिएको छ ।

उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा हेन्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि खड्कलाल बचाउन गएका थिए ।

करेन्ट लागेर घाइते भएकी जैसीको श्रीमतीलाई भने उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us