
काठमाण्डू, १८ असार– जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले चक्कु प्रहर गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
विमललाई उनकै ज्वाइँ महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । जग्गा सम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइएक पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपाकिलाका मेयर मनोज साहका आफ्नै काका समेत हुन् ।