
काठमाण्डू, १७ असार– राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले गृहमन्त्रीले एलिना र समीक्षालाई न्याय दिन्छु भन्ने कुरालाई लिएर कडा टिप्पणी गरेका छन् ।
प्रमुख सचेतक शाहीले मंगलबार सामाजिक सञ्जालमा लेख्दै आफ्नै जिल्लाकी निर्मला पन्तलाई न्याय दिन नसकेको पनि आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘एलिना र समीक्षालाई न्याय दिलाउँछु भनेछन् गृहमन्त्री ज्युले आफ्नै जिल्लाकी निर्मला पन्तको बलात्कार पछि हत्याको सिकार हुँदा त न्याय नदिएकाले गायिका बहिनीहरूलाई न्याय दिन्छन् रे ?’
सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले मंगलबार नै गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए । उनले आफूहरूले दुर्व्यवहार भोगिरहेको विषयमा आवश्यक सहयोग प्रदान गर्न गृहमन्त्रीलाई विशेष धन्यवाद समेत दिएका छन् ।