अमेरिका पठाउने भन्दै ७५ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ असार १७ गते १३:४२ मा प्रकाशित

काठमाण्डू, १७ असार– आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट ७५ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्ड छन् ।

रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार काठमाण्डू महानगरपालिका–४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डू पठाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us