कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छुः खतिवडा

काठमाण्डु टुडे २०८२ असार १७ गते १२:२५ मा प्रकाशित

काठमाण्डू, १७ असार– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन ।

आज (मंगलबार) बसेको समिति बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ मागेपछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी दिने बताएका हुन् ।

‘जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ,’ सभापति खतिवडाले भने, ‘कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ । मेरो कमजोरी देखिए म कारबाही भोग्छु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ । उम्किन पाइन्न ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us