मोटरसाइकलसहति खसेर चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ असार १७ गते ९:४० मा प्रकाशित

रुकुमपूर्व, १७ असार– रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ तातोपानीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५४ वर्षीय दलप्रसाद सुनार छन् ।

रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गरेको रा३प ४५३४ नम्बरको मोटरसाइकल सोमबार साँझ करिब साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

साँघुरो र चिप्लो गोरेटो बाटोमा चिप्लिएर मोटरसाइकल खसेको प्रहरीको भनाइ छ । मोटरसाइकल पछाडि सवार भुवन केसीले हाम फालेर ज्यान जोगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us