
काठमाण्डू, १६ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छन ।
उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म त्यो विषय पुष्टि भएको भन्दै खेद व्यक्त गरिन् । ‘बिहानै सुनेँ विधेयक टर्दै छ रे १ बिहान सुनेको कुरा सत्य लाग्दा दुस्ख लागेको छ,’ उनले भनिन्, ‘सयका सय हुन सक्दैन ।’ उनले स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने भए पनि गर्न आग्रह गरिन् । ‘
विद्यालय शिक्षालाई केही न केही डिपार्चर हुनेगरी सोचेका छौं । एक घन्टा अझै ब्रेक गरौं,’ सांसद शर्माले भनिन्, ‘अहिले यत्रो अनलाइन छ, प्रधानमन्त्रीज्यूसँग अनलाइन कन्ट्याक्ट गरौं ।’
उनले दलबाट पनि आफूहरूलाई पास गर्ने दबाब भएको भन्दै आग्रह गरिन् । ‘राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔं । बैठक स्थगित नगर्नुस् । आजै पास गरौं,’ उनले भनेकी छिन् । प्रतिपक्षी दलहरू अहिले नै पास गर्न तयार रहेको भन्दै उनले बैठक स्थगित नगर्न आग्रह गरिन् ।