
काठमाण्डू, १६ असार– सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ । सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथि सुनुवाइ सकिए पनि अनुमोदनको निर्णय भने बाँकी छ ।
उनीहरूविरुद्ध परेका उजुरीमाथि लगातार सुनुवाइ भइरहेको थियो । समिति सभापति ईश्वरी देवी न्यौपानेका अनुसार, आजबाट उजुरीमाथिको सुनुवाइ सकिएको हो ।
‘उहाँहरूको कार्ययोजना सुन्यौं । अब निर्णय गर्नका लागि अर्को दिन बस्छौं,’ उनले भनिन् । तर, अर्को बैठक कहिले बस्ने भन्नेबारे तय नभइसकेको उनले बताइन् ।