समिति बैठक रोकेर शिक्षा विधेयकबारे मन्त्रालयमा छलफल

काठमाण्डु टुडे २०८२ असार १६ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, १६ असार– विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल जारी छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर नमिलेका कुरामा सहमति गर्न मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो ।

बिहान साढे ८ बजेको लागि बोलाइएको समितिको बैठक २ बजेलाई सारिएको स्रोतले जानकारी दिएको छ । मन्त्रालयमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी,एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी छ ।

शिक्षकसँगको छलफलपछि समिति बैठक बसेर विधेयक पारित गर्ने तयारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us