
सुर्खेत, १६ असार– वर्षासँगै पहिरो जाँदा सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । डोजरको सहायताले बाटो खुलाउन प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।