
काठमाण्डू, १५ असार– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भई वीर अस्पतालमा भर्ना भएका छन । उनलाई केही दिनदेखि लगातार ज्वरो आएपछि शनिबार अस्पताल भर्ना गरिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
मन्त्री पौडेलको उपचारमा संलग्न अस्पतालका वरिष्ठ फिजिसियन डा( ध्रुव गैरेका अनुसार उनलाई तीनरचार दिनदेखि ज्वरोको समस्या देखिएको थियो। ‘तीनरचार दिनदेखि ज्वरो आएपछि शनिबार भर्ना हुनुभएको हो,’ डा. गैरेले भने ।’
उनका अनुसार ज्वरोको कारण पत्ता लगाउन विभिन्न परीक्षणहरू गरिएको छ र केही रिपोर्टहरू आउन बाँकी नै छ। ‘मन्त्रीज्यूको स्वास्थ्य अवस्था अहिले सामान्य छ, ज्वरो पनि केही घटेको छ, तर के कारणले भएको हो भन्ने यकिन गर्न बाँकी छ, रिपोर्ट आएपछि थाहा हुन्छ।’ डा. गैरेले भने।