एकान्तकुनाबाट बलात्कार आरोपी पक्राउ

काठमाण्डु टुडे २०८२ असार १५ गते १४:०९ मा प्रकाशित

काठमाण्डू, १५ असार– ललितपुर महानरपालिका–४ एकान्त कुनाबाट बलात्कार आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–४ एकान्तकुना बस्ने २३ वर्षीय अमृत गैरे भनिने अमृत सार्की रहेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले एकान्तकुनाबाट पक्राउ गरेको हो । सार्कीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us