स्पेन पुगे प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ असार १५ गते १२:४७ मा प्रकाशित

काठमाण्डू, १५ असार– प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिड पुगेका छन् । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिड पुगेका हुन ।

प्रधानमन्त्री ओलीलाई स्पेनस्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाण्डूबाट कतारको दोहा हुँदै मेड्रिट आइपुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us